महालेखापरीक्षकको कार्यालय

"नेपालको सर्वोच्च लेखापरीक्षण संस्था"

कार्यवाहक महालेखापरीक्षकज्यू र अन्तर्राष्ट्रिय मुद्राकोष (आई.एम.एफ.) का प्रतिनिधि बीच भेटघाट

आज मिति २०८० मंसिर १८ गते कार्यवाहक महालेखापरीक्षक श्री महेश्वर काफ्लेसँग आई.एम.एफ. मुख्यालयबाट विधिविज्ञान लेखापरीक्षणको प्रशिक्षकको रुपमा आउनु भएको Financial Sector Expert, Ms. Alice Flore र आई.एम.एफ. नेपालको रेसिडेन्ट प्रतिनिधि टेरेशा डेवोनले भेटघाट गर्नु भयो । उक्त भेटघाट कार्यक्रमको उद्देश्य महालेखापरीक्षकको कार्यालयको संस्थागत क्षमता विकास/अभिवृद्धिमा आई.एम.एफ. सहयोग कार्यक्रमअन्तर्गत विधि विज्ञान लेखापरीक्षण सम्बन्धी तालीम र भविष्यमा गर्नु पर्ने सहयोग सम्बन्धमा जानकारी गराउने रहेको थियो । सो  कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा आउनु भएका Financial Sector Expert, Ms. Alice Flore ले विधि विज्ञान सम्बन्धी सञ्चालन भएको तालिम कार्यक्रममा सहभागीहरुबाट प्राप्त भएको पृष्ठपोषण तथा भविष्यमा क्षमता विकासको विकास कार्यक्रमलाई निरन्तरता दिनु पर्ने विचार राख्नु भयो।साथैवित्तीय लेखापरीक्षणको चरणमा जालसाझी भएको आशंका भएमा थप अध्ययन गर्ने सम्बन्धमा विधिविज्ञान लेखापरीक्षणको भूमिका र अन्य भष्ट्राचार नियन्त्रण गर्ने निकायसँग समन्वय गर्ने सम्बन्धमा जानकारी भएको थियो ।

उक्त कार्यक्रममा कार्यवाहक लेखापरीक्षकज्यूले प्रथम चरणको क्षमता विकास सम्बन्धी कार्य सम्पन्न भएकोमा आई.एम.एफ. मुख्यालय र प्रशिक्षकको रूपमा आउनु भएका Ms. Alice लगायतको टिमलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । वित्तीय तथा आर्थिक कारोबारमा हुने छलकपट र जालसाँझी पत्ता लगाउन लेखापरीक्षकको क्षमता अभिवद्धिमा यस्तो कार्यक्रम उपयोगी हुने भएकोले आगामी दिनमा आई.एम.एफ. सँग समन्वयसहकार्य गरी क्षमता विकासका थप कार्यक्रम सञ्चालन गर्नु पर्ने तर्फ जोड दिनु भएको थियो । साथै,  विधि विज्ञान लेखापरीक्षण गर्न आवश्यक विधि, प्रकृया, लगायतका मानदण्ड तथा मार्गदर्शन तयार गरी अगाडी बढ्नु पर्ने भएकोले सहयोग कार्यक्रमबाट विधि विज्ञान लेखापरीक्षणको कार्यको शुरूवात गर्न कोशेढुङ्गा स्थापित हुने विश्वास व्यक्त गर्नु भएको थियो ।  

उक्त कार्यक्रममा कार्यालयको नायव महालेखापरीक्षक श्री बैकुण्ठ बहादुर अधिकारी निर्देशक श्री रमेश सुवेदी र निर्देशक श्री रचना प्रधानको लगायतको उपस्थिति रहेको थियो । 

  • साइट भ्रमण

कार्यालय समय

बिहान १०:०० बजे देखि - अपरान्ह ५:०० बजे सम्म (कार्तिक १६-माघ १५ सम्म अपरान्ह ४ :०० बजे सम्म)

शुक्रबार : बिहान १०:०० बजे देखि अपरान्ह ३:०० बजे सम्म