आज मिति २०८०।५।२१ गते कार्यवाहक महालेखापरीक्षक
श्री महेश्वर काफ्लेको अध्यक्षतामा लेखापरीक्षण सल्लाहाकार समितिको २०औं बैठक
सम्पन्न भएको छ । समितिका सचिव श्री
वामदेव शर्मा अधिकारीबाट वार्षिक लेखापरीक्षण योजना र कार्यतालिका २०८०, लेखापरीक्षणको
उद्देश्य, क्षेत्र, विधि, सीमा, वित्तीय, परीपालना र कार्यमूलक
तथा विशेष लेखापरीक्षणका वारेमा प्रस्तुतिकरणगर्दै लेखापरीक्षणका मुलभुत विशेषता, सीमा र वास्तविकताका
सम्बन्धमा प्रकाश पार्नु भएको थियो । सल्लाहाकार समितिका सदस्यहरूबाट लेखापरीक्षण
व्यवस्थापन तथा बिधिमा सुधार गर्नुपर्ने, प्रतिवेदनको गुणस्तरियता बढाउनु पर्ने,
सार्वजनिक लेखा समितिसंग समन्वय गरी कार्य प्रभावकारिता बढाउनु पर्ने लगायतका
बिषयमा सुझावहरू प्रस्तुत गर्नु भएको थियो । कार्यबाहक महालेखापरीक्षक श्री
महेश्वर काफ्लेबाट हिमाली, पहाडी र तराईको ४६ जिल्लामा भाद्र/आश्विन महिनामा, उपत्यका लगायत १४
जिल्लामा कार्तिक मार्ग महिनामा र बांकी जिल्लामा पौष / माघ महिनामा लेखापरीक्षण
सम्पन्न गरी चैत्र मसान्तमा सम्माननीय राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्ने
कार्यक्रम रहेको र २०८१ वैशाख, जेष्ठ र आषाढमा क्षमता विकास तथा आगामी वर्षको लेखापरीक्षण
योजना तर्जुमा गर्ने कार्यतालिका रहेको जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रममा
चालु आर्थिक वर्षको लेखापरीक्षण योजना र कार्यतालिका-२०८०, लेखापरीक्षण विधि तथा
प्रकृयामा सुधार¸ आचार संहिता पालनामा कडाइ गरिएको जानकारी गराउनु
हुदै सल्लाहकार
समितिबाट प्राप्त सुझावहरुको कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिवद्वता जनाउनु भएको
थियो ।
१३/०५/२०८१
०८/०५/२०८१
०५/०५/२०८१
१६/०४/२०८१
०९/०४/२०८१
१३/०५/२०८१
०८/०५/२०८१
०५/०५/२०८१
०९/०४/२०८१
१७/०३/२०८१
१६/०४/२०८१
१५/०३/२०८१
१४/०३/२०८१
१३/०३/२०८१
१२/०२/२०८१
कार्यालय समय
बिहान १०:०० बजे देखि - अपरान्ह ५:०० बजे सम्म (कार्तिक १६-माघ १५ सम्म अपरान्ह ४ :०० बजे सम्म)
शुक्रबार : बिहान १०:०० बजे देखि अपरान्ह ३:०० बजे सम्म
© 2024 महालेखापरीक्षकको कार्यालय . All Rights Reserved.
अन्तिम पटक अपडेट गरिएको: १६/०५/२०८१