लेखापरीक्षण सल्लाहकार समितिको १८ औ बैठक मिति
२०७९ चैत्र २० गते दिनको २ बजे माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा दंगालको
अध्यक्षततामा सम्पन्न भयो। उक्त कार्यक्रममा उपमहालेखापरीक्षक तथा समितिका सचिव श्री महेश्वर काफ्लेज्यूले महालेखापरीक्षकको साठिऔ
बार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपतिज्यू समक्ष २०७९ चैत्र मसान्त भित्र पेश
गर्ने सम्बन्धमा जानकारी गराउनु भएको थियो । यस बैठकमा समितिका सदस्यहरूबाट शासकिय
प्रबन्ध, अर्थतन्त्र¸ सार्वजनिक वित्त व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, बिकास
व्यवस्थापन अादि सम्बन्धमा सुझाव पेश गर्दै महालेखापरीक्षकको प्रतिवेदन
कार्यान्वयनमा जोड िदनुपर्ने सम्बन्धमा विचार व्यक्त गर्नु भएको थियो । माननीय महालेखापरीक्षक
श्री टंकमणि शर्मा दंगालले सल्लाहकार समितिको सदस्यहरुबाट प्राप्त शासकिय प्रबन्ध,
अर्थतन्त्र¸ सार्वजनिक वित्त व्यवस्थापन,
सार्वजनिक सेवा प्रवाह, बिकास व्यवस्थापन लगायतको विषयमा प्राप्त सुझावहरुलाई
प्रतिवेदनमा समावेश गरि सम्माननीय राष्ट्रपतिज्यू समक्ष पेश गरिने विचार व्यक्त
गर्नु भएको थिथो भने कार्यमूलक तथा विशेष लेखापरीक्षण अन्तर्गत सरकारी सेवामा
अनलाइन मार्फत सेवा प्रवाह गर्ने कार्यक्रम, दिगो विकासको लक्ष्य ५।५ निर्णायक तहमा महिलाको पहुँच र
प्रभावकारीता सहभागिता, दुर सञ्चार पूर्वाधार व्यवस्थापन, सार्वजनिक खर्च
व्यवस्थापन, सार्वजनिक
ऋण व्यवस्थापन, आयोजना
छनौट तथा प्राथमिकता, नेपाल पक्ष भएका बहुपक्षिय वातावरणीय संझौताको कार्यान्वयन, Vital Event Registration
& Social Protection विषयमा लेखापरीक्षण सम्पन्न भएको छ भने विशेष लेखापरीक्षण
अन्तर्गत सङ्घीय सरकारका केही विषय र, प्रदेश सरकार तर्फ सबै प्रदेशका मन्त्रालयहरुको ५ वर्षको
कार्यसम्पादन मूल्यांकन, स्थानीय तहलाई महानगरपालिका, उपमहानगरपालिका को ५ वर्षको कार्यसम्पादन मूल्याङ्कन बिषयमा
विशेष लेखापरीक्षण गरीएको छ । सडक तथा पुलहरुको डिजाइन, मर्मत सम्भार अवस्थाको
मूल्याङ्कन गर्न प्राविधिकको परामर्श सेवा लिईएको छ, नेपाल राष्ट बैंकको लेखापरीक्षण गर्न अन्तराष्ट्रिय
प्रतिस्पर्धाको माध्यमबाट लेखापरीक्षक नियूक्त गरिएको, कार्यमूलक तथा विशेष लेखापरीक्षणमा
मुख्यत समस्या तथा नतिजामूलक दृष्ट्रिकोणबाट परीक्षण गरी विभिन्त समस्याहरु र
कारणहरु पत्ता लगाई भविष्यमा गर्नुपर्ने सुधारका लागि सुझाव पेशित गरिने कार्यक्रम
रहेको समेत जानकारी गराउनु भएको थियो ।
02/05/2024
18/04/2024
12/04/2024
23/03/2024
15/03/2024
12/04/2024
25/01/2024
04/01/2024
29/12/2023
29/12/2023
02/05/2024
18/04/2024
23/03/2024
15/03/2024
05/03/2024
Office Hours
Sunday - Thursday : 10:00 A.M - 5:00 P.M (In Winter Till 4:00 P.M)
Friday : 10:00 A.M - 3:00 P.M
© 2024 Office of the Auditor General . All Rights Reserved.
Last Updated at: 07/05/2024