कार्यक्रमलाई सम्बोधन
गर्नुहुँदै माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा, दंगालज्यू
१२
मंसिर,२०७७
माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा,
दंगालज्यूको
समुपस्थितिमा प्रदेश नं. १, २, बागमती प्रदेश,
गण्डकी प्रदेश,
लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका लेखा उत्तरदायी अधिकृत
तथा जिम्मेवार व्यक्तिसँग आर्थिक वर्ष २०७६।७७ को लेखापरीक्षण सम्बन्धी
छुट्टाछुट्टै अन्तक्रिया तथा छलफल कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।
उक्त कार्यक्रमहरूमा प्रदेश प्रमुख सचिव, मन्त्रालयका सचिव,
संसद सचिवालयका सचिव,
प्रदेश लेखा
नियन्त्रक र लेखाप्रमुखको सहभागिता रहेको थियो ।
कार्यक्रममा माननीय महालेखापरीक्षकज्यूले
लेखापरीक्षण कार्यलाई व्यवस्थित बनाई अन्तर्राष्ट्रिय असल अभ्यासहरुको अनुसरण
गर्दै जोखिममा आधारित सूचकको आधारमा निकायहरुको वर्गीकरण गरी बढी जोखिमयुक्त
निकायहरुको लेखापरीक्षणमा ध्यान केन्द्रित गरी विस्तृत विधिबाट परीक्षण गरिने तथा
न्यून र मध्यम जोखिमयुक्त निकायहरुलाई यथासम्भव विद्युतीय सूचना प्रविधिको
तथ्याङ्कको आधारमा विश्लेषण गरी दूर लेखापरीक्षण विधिबाट परीक्षण गर्ने नीति
अवलम्बन गरेको बताउनुभयो । विगतमा कतिपय प्रादेशिक कार्यालयहरुले समयमा नै वित्तीय
विवरणहरु तयार नगरेको र केही स्थानीय तहले लेखापरीक्षण समेत नगराएको अवस्था
रहेकोले यस्ता प्रवृत्ति नदोहो–याउन निर्देशन दिनुहुँदै आर्थिक कार्यविधि
तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को व्यवस्था अनुरुप लेखा उत्तरदायी
अधिकृत र जिम्मेवार पदाधिकारीले कार्य सम्पादन गरी आर्थिक अनुशासन, वित्तीय उत्तरदायित्व र जवाफदेहिता प्रवर्द्धन
गर्नुपर्ने उहाँले बताउनुभयो । प्रादेशिक शासकीय इकाईले स्थानीय तहहरुसँग
समन्वयकारी र सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । कोभिड–
१९ को महामारीको
सन्दर्भमा कार्यालयबाट लेखापरीक्षणमा खटिने टोलीहरुलाई आवश्यक स्वास्थ्य मापदण्डको
पालना गरी लेखापरीक्षण कार्य सम्पन्न गर्न आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन
दिनुभयो ।
यस वर्ष उल्लेखित प्रदेशहरुमा क्रमशः नदी
नियन्त्रण कार्यक्रम, कृषि अनुदानको उपयोग, सिचाई आयोजनामा उपभोक्ता समिति परिचालन,होमस्टे अनुदान वितरण र उपयोग,
प्रदेश मन्त्रालयमा
योजना तर्जुमा एवं कार्यन्वयन व्यवस्था, पोषण तथा खाद्य सुरक्षा कार्यक्रम, प्रदेशस्थित वनको काठ दाउरा व्यवस्थापन विषयमा
कार्यमूलक लेखापरीक्षणका विषयहरु छनोट गरिएको बताउनुभयो । यसको अतिरिक्त कोभिड–१९ सम्बन्धी विशेष लेखापरीक्षण र दिगो विकास
लक्ष्यको कार्यान्वयन सम्बन्धमा विशेष लेखापरीक्षण गरिने कार्यक्रम रहेको हुँदा
सोको लागि आवश्यक विवरणहरु समयमा नै लेखापरीक्षकहरुलाई उपलब्ध गराउन सहभागीको
ध्यानाकर्षण गराउनुभयो ।
अन्तर्क्रिया कार्यक्रममा सम्बन्धित
प्रदेशका प्रमुख सचिव, सचिव प्रदेश प्रमुख लेखा नियन्त्रक लगायतले हालको प्रदेशको कार्यसम्पादन
अवस्था, विद्यमान समस्या र लेखापरीक्षणका विविध विषयमा आफ्ना भनाइहरु राख्नुभएको
थियो । उहाँहरुले स्वास्थ्यको मापदण्ड पालना गरी समयमै लेखापरीक्षण सम्पन्न गर्न
पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । उक्त कार्यक्रम भर्चुअल माध्यमद्धारा
मंसिर १२ देखि १४ सम्म सञ्चालन भएको थियो । कार्यक्रममा कार्यालयका
उपमहालेखापरीक्षक सम्बन्धित प्रदेश लेखापरीक्षण महानिर्देशनालयका नायब
महालेखापरीक्षक र कार्यालयका अन्य कर्मचारीको समेत सहभागिता रहेको थियो ।
माननीय महालेखापरीक्षकज्यूको समुपस्थितिमा
२०७७ मंसिरमा सम्पन्न विभिन्न प्रदेशको भर्चुअल लेखापरीक्षण अन्तर्क्रिया तथा छलफल
कार्यक्रम देहाय बमोजिम रहेका छनः–
मिति |
कार्यक्रम विवरण |
सहभागीहरु |
२०७७ मंसिर १२ |
प्रदेश नं.१ को आ.व. २०७६।७७ को लेखापरीक्षण
सम्बन्धी छलफल तथा अन्तर्क्रिया |
प्रदेश प्रमुख सचिव श्री दिनेश भट्टराई, प्रदेश सभा सचिवलाय सचिव श्री गोपाल
प्रसाद पराजुली, प्रदेश
मन्त्रालयका सचिवहरु प्रदेश कोष तथा लेखा नियन्त्रक र लेखा प्रमुखहरु समेत |
२०७७ मंसिर १२ |
प्रदेश नं.२ को आ.व. २०७६।७७ को लेखापरीक्षण
सम्बन्धी छलफल तथा अन्तर्क्रिया |
प्रदेश प्रमुख सचिव श्री अर्जुन प्रसाद पोखरेल
प्रदेश मन्त्रालयका सचिवहरु, प्रदेश कोष तथा लेखा नियन्त्रक र लेखा प्रमुखहरु
समेत |
२०७७ मंसिर १४ |
लुम्बिनी प्रदेशको आ.व.
२०७६।७७ को लेखापरीक्षण सम्बन्धी छलफल तथा अन्तर्क्रिया |
प्रदेश प्रमुख सचिव श्री
तोय नारायण ज्ञवाली, आन्तरिक मामिला
तथा कानून मन्त्रलायका सचिव श्री रविलाल पन्थ, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्री
बाबुराम अधिकारी, भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव श्री
रेवतीरमण पौडेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव श्री राजेन्द्र के.सी, सामाजिक विकास मन्त्रालयका सचिव श्री महादेव
पन्थ, प्रदेश पूर्वाधार
विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत श्री ध्र्रुव मझगैया, एवं लेखा प्रमुखहरु लगायतका पदाधिकारीहरु |
२०७७ मंसिर १४ |
कर्णाली प्रदेशको आ.व.
२०७६।७७ को लेखापरीक्षण सम्बन्धी छलफल
तथा अन्तर्क्रिया |
प्रदेश प्रमुख सचिव श्री
चन्द्रमान श्रेष्ठ, आर्थिक मामिला
तथा योजना मन्त्रालयका सचिव श्री घनश्याम उपाध्याय, प्रदेश सभा सचिवालय सचिव श्री जीवराज बुढाथोकी प्रदेश
लेखा प्रमुख एवं लेखाप्रमुखहरु |
०७७ मंसिर
१५ |
बागमती प्रदेशको आ.व. २०७६।७७ को लेखापरीक्षण सम्बन्धी छलफल तथा अन्तर्क्रिया |
प्रदेश प्रमुख सचिव श्री
डा. मान वहादुर वि.क.,प्रदेश प्रमुखको
कार्यालयका सचिव श्री मधुसुदन बुर्लाकोटी, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्री
डुण्डुराज घिमिरे, भौतिक पूर्वाधार
विकास मन्त्रालयका सचिव श्री सञ्जीव बराल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव श्री मतिना वैद्य, प्रदेश लेखा नियन्त्रक श्री राजेन्द्र पाण्डे
लगायत एवं लेखा प्रमुखहरु |
२०७७ मंसिर १५ |
गण्डकी प्रदेशको आ.व.
२०७६।७७ को लेखापरीक्षण सम्बन्धी छलफल
तथा अन्तर्क्रिया |
आर्थिक मामिला तथा योजना
मन्त्रालयका सचिव श्री चन्द्रकला पौडेल,उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव श्री महेश्वर
दंगाल, आन्तरि मामिला था
कानून मन्त्रलायका सचिव श्री केदारनाथ शर्मा, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव श्री
रामचन्द्र श्रेष्ठ, प्रदेश सभा सचिव
श्री हरिराज पोखरेलप्रदेश लेखा नियन्त्रक एवं लेखा प्रमुख |
२०७७ मंसिर
१६ |
सूदुर पश्चिम प्रदेशको
आ.व. २०७६।७७ को लेखापरीक्षण सम्बन्धी
छलफल तथा अन्तर्क्रिया |
प्रदेश प्रमुख सचिव श्री
रामकृष्ण सुवेदी, सामाजिक विकास
मन्त्रालयका सचिव श्री रघुराम विष्ट, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव श्री गणेश प्रसाद भट्ट, भूमि व्यवस्था, कृषि सहकारी मन्त्रालयका सचिव श्री कृष्ण भट्ट, प्रदेश सभा सचिव श्री रामसिंह धामी लगायत एवं
लेखा प्रमुखहरु |
30/03/2022
08/03/2022
26/02/2022
26/02/2022
30/03/2022
08/03/2022
26/02/2022
26/02/2022
25/11/2021
20/08/2021
30/06/2021
22/05/2021
21/03/2021
Office Hours
Sunday - Thursday : 10:00 A.M - 5:00 P.M (In Winter Till 4:00 P.M)
Friday : 10:00 A.M - 3:00 P.M
© 2022 Office of the Auditor General . All Rights Reserved.
Last Updated at: 14/05/2022