कार्यक्रमलाई
सम्बोधन गर्नुहुँदै माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा, दंगालज्यू
१४ मंसिर,२०७७
माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा
दंगालज्यूको समुपस्थितिमा लेखा उत्तरदायी अधिकृतसँग आ.व.२०७६।७७ को लेखापरीक्षण
सम्बन्धी छलफल कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भयो । कार्यक्रममा संवैधानिक
निकाय, संघीय सरकारका विभिन्न मन्त्रालयका लेखा उत्तरदायी अधिकृतहरु मातहतका
विभागीय प्रमुखहरु लेखा प्रमुख लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा माननीय
महालेखापरीक्षकज्यूले कोभिड– १९ महामारीको विषम परिस्थितिले गर्दा
लेखापरीक्षण शुरु गर्न केही समय ढिलाई हुन गएको उल्लेख गर्नुहुँदै यस वर्ष ५हजार ५
सय ५६ निकायहरुको लेखापरीक्षण गर्ने कार्यक्रम रहेको तथा जसअनुसार ३ हजार १ सय ५४
संघीय सरकारी कार्यालय,१ हजार १ सय प्रादेशिक कार्यालय,
५ सय ४९ समितिहरु र ७
सय ५३ स्थानीय तहको वित्तिय एवं परिपालनाको लेखापरीक्षण गरिने उल्लेख गर्नुभयो ।
साथै, कार्यमूलक ३३,
वातावरणीय १,
सूचना प्रविधि विशेष लेखापरीक्षण २,
विशेष लेखापरीक्षण २र संगठित संस्थातर्फ ३९ गरी
कुल ५ हजार ६ सय ३३ ईकाईको लेखापरीक्षण गरिने उल्लेख गर्नुभयो । यस वर्ष लेखापरीक्षणको लागि कार्यालयहरुलाई ३
वर्गमा विभाजित गरिएको जसअनुसार उच्च
जोखिम, मध्यम जोखिम र न्यून जोखिम गरी वर्गीकरण गरिएको र करीब १ हजार ७ सय इकाइहरु न्यून जोखिम र १ हजार ७ सय इकाई मध्यम
जोखिममा रहेको र उच्च जोखिममा रहेका कार्यालयहरुको स्थलगतरुमा नै लेखापरीक्षण
गरिने र न्यून जोखिम अन्तर्गत रहेका कार्यालयको दूर लेखापरीक्षण विधिबाट सूचना
प्रविधिको उपयोगका माध्यमबाट नै गरिने रहेको उल्लेख गर्नुभयो ।
साथै उहाँले आर्थिक कार्यविधि तथा वित्तीय
उत्तरदायित्व ऐन, २०७६ ले लेखा उत्तरदायी अधिकृत र जिम्मेवार व्यक्तिहरुको जवाफदेहिता र
उत्तरदायित्व सम्बन्धमा व्यवस्था गरेको र सोको परिपालना सम्बन्धमा समेत
लेखापरीक्षणले समेट्ने बताउनुभयो। लेखापरीक्षण ऐन, २०७५ को दफा ९ ले कुनै पदाधिकारीले वित्तीय
जवाफदेहिता बहन गरे, नगरेको सम्बन्धमा लेखापरीक्षणका मान्य सिद्धान्त बमोजिम परीक्षण गर्न
सक्ने व्यवस्था रहेको र विभागीय प्रमुखहरुको कार्य सम्पादन सम्झौताको कार्यान्वयन
सम्बन्धमा लेखापरीक्षण गरिने उल्लेख गर्नुभयो । उहाँले यस वर्ष गरिने कार्यमूलक
लेखापरीक्षणको विषयहरुको बारेमा जानकारी गराउनुहुँदै स्वास्थ्य मापदण्डको पालना,
लेखारीक्षण कार्यलाई
सहजीकरणको लागि फोकल पर्सनको व्यवस्था र अलग्गै कोठाको व्यवस्थापन गरी
लेखापरीक्षणमा सहजीकरणको कार्य गराइदिनुहुन निर्देशन दिनुभयो । यस वर्षको
कार्यमूलक लेखापरीक्षणको विषयवस्तु सम्बन्धमा जानकारी गराउनुभयो ।
माननीय महालेखापरीक्षकज्यूको समुपस्थितिमा
सम्पन्न लेखा उत्तरदायी अधिकृतसँग छलफल कार्यक्रम देहाय बमोजिम रहेका छन् ।
मिति |
कार्यक्रम |
सहभागीहरु |
२०७७ मंसिर ७ |
अर्थ तथा आर्थिक क्षेत्र लेखापरीक्षण विभाग
अन्तर्गतका लेखापरीक्षण हुने निकायका लेखा उत्तरदायी अधिकारी लगायतसँगको छलफल |
अर्थ सचिव श्री शिशिर
कुमार ढुंगाना महालेखा नियन्त्रक श्री मधु कुमार मरासिनी, भन्सार विभागका महानिर्देशक श्री सुमन दाहाल लगायतका
पदाधिकारीहरु एवं लेखा प्रमुखहरु |
२०७७ मंसिर ८ |
पूर्वाधार विभाग लेखापरीक्षण विभाग अन्तर्गतका लेखापरीक्षण हुने निकायका लेखा
उत्तरदायी अधिकारी लगायतसँगको छलफल |
शहरी विकास मन्त्रालयका
सचिव श्री रमेश प्रसाद सिंह, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव
श्री यादव कोइराला, खानेपानी
मन्त्रालयका सचिव श्री माधव बेल्वासे, सञ्चार तथा सूचना मन्त्रालयका सचिव श्री हरिप्रसाद बस्याल, विभागीय प्रमुख एवं लेखा प्रमुखहरु |
२०७७ मंसिर ९ |
सामाजिक सेवा लेखापरीक्षण विभाग अन्तर्गतका लेखापरीक्षण हुने निकायका लेखा
उत्तरदायी अधिकारी लगायतसँगको छलफल |
शिक्षा मन्त्रालयका सचिव
श्री गोपीनाथ मैनाली युवा तथा खेलकुद
मन्त्रालय सचिवश्री राम प्रसाद थपलिया विभागीय प्रमुख एवं लेखा प्रमुखहरु |
२०७७ मंसिर ११ |
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र
अन्तर्गत विभागका विभागीय प्रमुखसँगको छलफल |
भौतिक पूर्वाधार तथा
यातायात मन्त्रालयका सचिव श्री रविन्द्र नाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक श्री केशवकुमार शर्मा,रेल्वे विभागका महानिर्देशक श्री प्रमिला देवी
बज्राचार्य, यातायात व्यवस्था
विभागका महानिर्देशक श्री गोगन बहादुर हमाल एवं लेखा प्रमुखहरु |
२०७७ मंसिर १५ |
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय,संघीय मामिला तथा सामान्य प्रशासन
मन्त्रालय, कानून न्याय तथा
संसदीय मामिला मन्त्रालयको लेखापरीक्षण सम्बन्धी कार्यक्रम |
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका
सचिव श्री महेन्द्र प्रसाद गुरागाई, परराष्ट्र मन्त्रालयका सचिव श्री भरतराज पौड्याल, वेपत्ता छानविन आयोगका सचिव श्री उदयराज
सापकोटा, संघीय मामिला तथा
सामान्य प्रशासन मन्त्रालयका सहसचिव राजीव पोखरेल, राहदानी विभागका प्रमुख श्री डोरनाथ
अर्याल लगायत उल्लेखित मन्त्रालय मातहतका विभिन्न विभागीय प्रमुखहरु, आयोग, प्राधिकरण लगायतका प्रमुखहरु |
२०७७ मंसिर १५ |
गृह र रक्षा मन्त्रलाय र
मातहतका निकायसँग लेखापरीक्षण अन्तर्क्रिया कार्यक्रम |
रक्षा सचिव श्री
रेश्मीराज पाण्डे, प्रधानसेनापति
श्री पूर्णचन्द्र थापा,प्रहरी
महानिरीक्षक श्री शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक श्री शैलेन्द्र खनाल, कार्यालय प्रमुख एवं लेखाप्रमुखहरु |
२०७७ मंसिर
१५ |
संवैधानिक निकाय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मातहतका निकायसँग लेखापरीक्षण
अन्तर्क्रिया कार्यक्रम |
अख्तियार दुरुपयोग
अनुसन्धान आयोगका सचिव श्री सुरेश अधिकारी, महालेखापरीक्षकको कार्यालयका उपमहालेखापरीक्षक
श्री बाबुराम गौतम,लोक सेवा आयोगका
सचिव श्री आनन्दराज ढकाल, निर्वाचन आयोगका
सचिव श्री देव कुमारी गौतम, राष्ट्रिय
प्राकृतिक श्रोत तथा वित्त आयोगका सचिव श्री वेगेन्द्रराज शर्मा, महान्यायाधिवक्ताको कार्यालयका नायब
महान्यायाधिवक्ता श्री पदम प्रसाद पाण्डे लगायत एवं लेखा प्रमुखहरु |
18/04/2024
12/04/2024
23/03/2024
15/03/2024
05/03/2024
12/04/2024
25/01/2024
04/01/2024
29/12/2023
29/12/2023
18/04/2024
23/03/2024
15/03/2024
05/03/2024
23/02/2024
Office Hours
Sunday - Thursday : 10:00 A.M - 5:00 P.M (In Winter Till 4:00 P.M)
Friday : 10:00 A.M - 3:00 P.M
© 2024 Office of the Auditor General . All Rights Reserved.
Last Updated at: 23/04/2024