२७ भाद्र, २०७९
नेपाल राष्ट्र वैंकको आर्थिक वर्ष २०७८।७९ को कारोवारको वित्तीय लेखापरीक्षण गर्न महालेखापरीक्षकको कार्यालय र परामर्शदाता कम्पनी एम एस होलादार युनुस एण्ड कम्पनी तथा एम एस एस आर एण्ड कम्पनीबीच २०७९ भाद्र २७ गते सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । उक्त कार्यको सम्झौता रकम मूल्य अभिवृद्धि कर बाहेक रु २ करोड १५ लाख ८७ हजार ८५५ रहेको छ । अघिल्ला वर्षहरुमा लेखापरीक्षण ऐन, २०७५ को दफा १० अनुसार नेपाल सरकारको पूर्ण स्वामित्व भएका संगठित संस्थाको प्रचलित कानून बमोजिम प्रमाणपत्र प्राप्त लेखापरीक्षकलाई लेखापरीक्षण गर्न महालेखापरीक्षकको सहायकको रुपमा नियुक्त गरी गर्न सकिने व्यवस्था अनुसार लेखापरीक्षण हुँदै आएको थियो । यो वर्ष अन्तराष्ट्रिय मुद्रा कोषको विस्तारित कर्जा सुविधा (Extended Credit Facility) कार्यक्रमको प्रावधान अनुसार विशेषज्ञबाट नेपाल राष्ट्र वैंकको वित्तीय लेखापरीक्षण गर्ने कार्य भएको हो । सो अनुसार लेखापरीक्षण ऐन, २०७५ को दफा १५(१) अनुसार महालेखापरीक्षकले आफूले सम्पादन गर्नु पर्ने कार्यको लागि सम्वन्धित विषयको विशेषज्ञको सेवा लिन सक्ने व्यवस्था अनुसार महालेखापरीक्षकको कार्यालयले खुला रुपमा आशयपत्र माग गरी गुणस्तर विधिका आधारमा उक्त परामर्शदाताको छनौट गरेको हो । परामर्शदाताले लेखापरीक्षण कार्य अन्तराष्ट्रिय लेखापरीक्षण मानदण्ड बमोजिम गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । साथै लेखापरीक्षण गर्ने उक्त परामर्शदाताले १४ नोभेम्वर २०२२ भित्र प्रारम्भिक प्रतिवेदनको मस्यौदा महालेखापरीक्षकको कार्यालयलाई उपलव्ध गराउनु पर्ने व्यवस्था रहेको छ । परामर्शदाताबाट सम्पादित लेखापरीक्षण कार्यको अनुगमन महालेखापरीक्षकको कार्यालयले गर्ने र निजले उपलव्ध गराएको सेवाको आधारमा सम्झौता बमोजिमको रकमको भुक्तानी नेपाल राष्ट्र वैंकबाट हुने गरी कार्य अगाडि बढाईएको थियो ।
१८/९/२०७९
७/९/२०७९
२२/८/२०७९
१८/९/२०७९
२९/३/२०७९
१८/३/२०७९
कार्यालय समय
बिहान १०:०० बजे देखि - अपरान्ह ५:०० बजे सम्म (कार्तिक १६-माघ १५ सम्म अपरान्ह ४ :०० बजे सम्म)
शुक्रबार : बिहान १०:०० बजे देखि अपरान्ह ३:०० बजे सम्म
© 2023 महालेखापरीक्षकको कार्यालय . All Rights Reserved.
अन्तिम पटक अपडेट गरिएको: १७/१२/२०७९