माननीय महालेखापरीक्षकज्यू समक्ष एकीकृत वित्तीय विवरण पेश गर्नुहुँदै महालेखानियन्त्रक श्री मधु कुमार मरासिनी
२८ पौष,२०७७
माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा, दंगालज्यूसमक्ष महालेखा नियन्त्रक श्री मधु कुमार मरासिनीले आर्थिक वर्ष २०७६/७७ को केन्द्रीय लेखाको एकीकृत वार्षिक वित्तीय विवरण पेश गर्नुभयो ।आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन,२०७६ को दफा २९ मा महालेखा नियन्त्रक कार्यालयले तोकिएको अवधिभित्र प्रत्येक आर्थिक वर्षको संघीय सञ्चित कोषको अतिरिक्त वैदेशिक अनुदान र ऋण सहायता तथा लगानीको लेखा र विनियोजन, राजश्व, धरौटी तथा अन्य कोषहरु सहितको अन्य लेखाको एकीकृत वित्तीय विवरण महालेखापरीक्षकको कार्यालय समक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।
कार्यक्रममा माननीय महालेखापरीक्षकज्यूले कोभिड- १९ को विषम परिस्थितिमा समेत समयमै एकीकृत वित्तीय विवरण पेश गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।उहाँले महालेखा नियन्त्रक कार्यालयले हालका दिनसम्म आइपुग्दा सूचना प्रविधिमा आधारित प्रशासन एवं लेखाप्रणालीमा गरेको विकासको सर्हाना गर्दै यसलाई थप व्यवस्थित,परिमार्जित र परिस्कृत बनाउँदै लैजानुपर्ने बताउनुयो ।महालेखा नियन्त्रक कार्यालयले जसरी समयमा नै वित्तीय विवरण बनाइरहेको भएतापनि मातहतका इकाइहरुमा अझै पनि समयमा वित्तीय विवरण नबानउने समस्या यथावत रहेकोले तल देखि नै सुधार गर्दै लैजानुपर्ने उल्लेख गर्नुभयो ।यसका लागी आर्थिक कारोबारमा आएको बढोत्तरी अनुसार जनशक्ति व्यवस्थापन, क्षमता विकास, अनुगमन र निगरानी एवं कार्यसम्पादनमा सुधार ल्याउनुपर्ने बताउनुभयो ।
छलफलको क्रममा उहाँले आन्तरिक लेखापरीक्षणको प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने,सार्वजनिक संस्थानमा भएको कारोवारलाई केन्द्रीय विवरणमा समावेश गर्नुपर्ने, सार्वजनिक सम्पत्ति, र सरकारी खर्चबाट सिर्जित सम्पत्तिको लेखांकन गर्नुपर्ने तथा महालेखापरीक्षकले वार्षिक प्रतिवेदनमा औंल्याएका विषयलाई पुनरावृत्ति नहुने गरी कार्य गर्न समेत सम्बन्धित सबैको ध्यानाकर्षण गराउनुभयो ।
30/03/2022
08/03/2022
26/02/2022
26/02/2022
30/03/2022
08/03/2022
26/02/2022
26/02/2022
25/11/2021
20/08/2021
30/06/2021
22/05/2021
21/03/2021
Office Hours
Sunday - Thursday : 10:00 A.M - 5:00 P.M (In Winter Till 4:00 P.M)
Friday : 10:00 A.M - 3:00 P.M
© 2022 Office of the Auditor General . All Rights Reserved.
Last Updated at: 14/05/2022