महालेखापरीक्षकको कार्यालय

"नेपालको सर्वोच्च लेखापरीक्षण संस्था"

कार्यमूलक लेखापरीक्षण सम्बन्धी तालिम कार्यक्रम

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा दंगालज्यू

२२ मंसिर,२०७७

माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा, दंगालज्यूको समुपस्थितिमा कार्यमूलक लेखापरीक्षण सम्बन्धी तालिम कार्यक्रम  भर्चुअलरुपमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माननीय महालेखापरीक्षकज्यूले कार्यमूलक लेखापरीक्षणले निकायहरुले मितव्ययिता, कार्यदक्षता र प्रभावकारितालाई विचार गरी श्रोतको उच्चतम प्रयोग गरे, नगरेको तथा सार्वजनिक क्षेत्रका पदाधिकारीले आफ्नो उत्तरदायित्व निर्वाह गरे नगरेको  र कार्यसम्पादन सम्बन्धी प्रतिवेदन विश्वसनीय र पर्याप्त भए नभएको विषयवस्तुलाई समेटी प्रतिवेदन पेश गर्नुपर्ने बताउनु भयो । उहाँले कार्यमूलक लेखापरीक्षणले सम्बन्धित निकाय, संसद र जनतालाई लेखापरीक्षण गरिने निकायले प्रयोग गरेको श्रोत र साधनको गतिविधि एवं संयन्त्रबाट कति उपलब्धि भयो भन्ने सुसूचित गराउने बताउनुभयो । विश्वका सर्वोच्च लेखापरीक्षण संस्थाहरुको जोड समेत कार्यमूलक लेखापरीक्षणमा रहेको र यस वर्ष कार्यालयले लेखापरीक्षणको लागि ३२विषय छनौट गरिएको तथा यस्ता तालिम कार्यक्रमहरुले कर्मचारीमा कार्यमूलक लेखापरीक्षणको लागि क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा कार्यालयका विभिन्न निर्देशनालयका ८० कर्मचारीले सहभागिता जनाउनुभएको थियो । तीन दिन सम्म सञ्चालित कार्यक्रममा देहाय बमोजिमको सत्र रहेका थिए ।

मिति

विषय

प्रस्तुतकर्ता

2077.8.22

A talk on the performance audits:its relevancy and how to deal effectively with the different types of challenges

Mr.Dev  B. Bohra & Mr. Rambabu Nepal

2077.08.22

Strategic Planning and topic selection for the performance Audits

Mr. Maheshwor Kafle

2077.08.22

Audit Planning and managing audit risks

Mr Ashok kumar karki

2077.08.2३

Engaging CSOs effectively in the performance audits

Mr. Ramu Prasad Dotel

2077.08.2३

Setting Audit Objectives Questions & Criteria

Mr. Kedar Man Joshi

2077.08.2३

Obtaining sufficient and appropriate evidence considering PA methodology i.e.FGD, survey,& interviews

Mr. Kedarman Joshi

2077.08.2४

Cause effect analysis and deriving audit conclusion

Mr.Baikuntha B.Adhikari

2077.08.2४

Fiduciary risk & data analysis

Mr. Kedar Man Joshi

2077.08.2४

Reporting effectively on the performance audits

Mr. Ashok K. karki

2077.08.22

Audit practice in SAI Pakistan: an experience sharing

Mr.Hari Prasad  Acharya

Mr. ChhiringTopke Lama

Mr.KedarKhakurel

  • साइट भ्रमण

कार्यालय समय

बिहान १०:०० बजे देखि - अपरान्ह ५:०० बजे सम्म (कार्तिक १६-माघ १५ सम्म अपरान्ह ४ :०० बजे सम्म)

शुक्रबार : बिहान १०:०० बजे देखि अपरान्ह ३:०० बजे सम्म