ASOSAI
WGEA को सातौँ कार्यसमूह बैठकमा भर्चुअल माध्यमद्धारा सहभागी विभिन्न देशका
प्रतिनिधि
२२ भाद्र,२०७७
एसियाली सर्वोच्च लेखापरीक्षण संस्थाहरुको
अन्तर्राष्ट्रिय संगठन (एसोसाई) अन्तर्गत Working Group on Environmental Audit (WGEA) को सातौँ बैठक
सन् २०२०,सेप्टेम्बर ७ मा भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । कार्यक्रममा
कार्यालयका तर्फबाट नायव महालेखापरीक्षकहरु श्री घनश्याम पराजुली, श्री
चन्द्रकान्त भण्डारी र निर्देशक श्री सत्यनारायण थापाको सहभागिता रहेको थियो ।
बैठकमा एसिया महादेशका १७ राष्ट्रका सर्वोच्च लेखापरीक्षण संस्थाका ६० प्रतिनिधिको
सहभागिता रहेको थियो। कार्यक्रममा समूहको पछिल्लो बैठकपछिका कार्यप्रगतिको समीक्षा
गरिएको थियो। साथै, सन् २०२०–२०२२ कार्ययोजना
माथि छलफल गरी अनुमोदन गरिएको थियो । कार्यक्रममा चीन,थाइल्याण्ड र भियतनामका
सर्वोच्च लेखापरीक्षण संस्थाका प्रतिनिधिले वातावरणीय लेखापरीक्षण सम्बन्धमा
प्रस्तुतीकरण गरेका थिए।
बैठकमा संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसँग
सम्बन्धित मुख्य विषयहरुको लेखापरीक्षण लगायत Green Vision Award, Second Co-operative
Audit and Cooperative Research Project, Themed Training on Environmental Audit लगायतका विषयमा
सहभागीहरुबीच विचार तथा अनुभव आदानप्रदान गरिएको थियो ।कार्यक्रममा ASOSAI WGEA को आठौं
सेमिनारको आयोजना सम्बन्धमा समेत छलफल गरिएको थियो। कार्यसमूहको अध्यक्षको
हैसियतले National Audit Office Of the Peoples Republic of China ले कार्यक्रमको
संयोजन गरेको थियो।
30/03/2022
08/03/2022
26/02/2022
26/02/2022
30/03/2022
08/03/2022
26/02/2022
26/02/2022
25/11/2021
20/08/2021
30/06/2021
22/05/2021
21/03/2021
Office Hours
Sunday - Thursday : 10:00 A.M - 5:00 P.M (In Winter Till 4:00 P.M)
Friday : 10:00 A.M - 3:00 P.M
© 2022 Office of the Auditor General . All Rights Reserved.
Last Updated at: 14/05/2022