एसोसाई गभर्निङ बोर्डको भर्चुअल बैठकमा
सहभागी हुँदै माननीय महालेखापरीक्षक टंकमणि शर्मा, दंगालज्यू लगायतका पदाधिकारी
१२श्रावण,,२०७७
एसियाली सर्वोच्च लेखापरीक्षण संस्थाहरूको संगठन (एसोर्साइ) गभर्निङ
बोर्डको ५५औF बैठकमा माननीय महालेखापरीक्षक टंकमणि शर्मा, दंगाल लगायत कार्यालयका अन्य पदाधिकारीहरुको
सहभागिता जनाउनुभएको छ । गभर्निङ बोर्डको बैठक अनलाइन भिडियो लिङ्कमार्फत भर्चुअल
माध्यमबाट सञ्चालन गरिएको थियो । बैठकमा गभर्निङ्ग बोर्डका १२ सदस्य राष्ट्र,
लेखापरीक्षण समितिका
२ सदस्य राष्ट्र र इन्टोसाइ डेभलपमेन्ट इनिसिएटिभ(IDI) का प्रतिनिधिको समेत सहभागिता रहेको थियो
। बैठकमा विभिन्न २४ एजेन्डामा छलफल भई प्रतिवेदन पारित भएको थियो । नियमित
एजेन्डाका अतिरिक्त गर्भनिङ्ग बोर्डका गतिविधिहरु, वित्तीय व्यवस्थापन र क्षमता विकास
सम्बन्धमा विभिन्न कार्यसमूहमा प्रतिनिधित्व गर्ने सर्वोच्च लेखापरीक्षण संस्थाले
तयार गरेको प्रतिवेदनउपर विस्तृत छलफल
भएको थियो ।
बैठकमा
रणनीतिक योजना कार्यदलको कार्यक्षेत्रगत शर्त (ToR),
एसोसाई जर्नलको
वेभसाइटको सुधार,नयाँ सहकारितामूलक वातावरणीय लेखापरीक्षणको इनिसिएटिभ,
दिगो विकास लक्ष्यको
लेखापरीक्षण सम्बन्धमा एसोसाई कार्यसमूह गठनको संभाव्यता अध्ययन सम्बन्धमा समेत
छलफल भएको थियो । साथै, एसोसाई र यसका सदस्यहरुले विद्यमान कोभिड–१९ महामारीको सम्बन्धमा सर्वोच्च
लेखापरीक्षण संस्थाहरुले लेखापरीक्षण कार्यका माध्यमबाट गर्न सकिने कार्य
सम्बन्धमा अन्तर्क्रिया गरिएको थियो ।
30/03/2022
08/03/2022
26/02/2022
26/02/2022
30/03/2022
08/03/2022
26/02/2022
26/02/2022
25/11/2021
20/08/2021
30/06/2021
22/05/2021
21/03/2021
Office Hours
Sunday - Thursday : 10:00 A.M - 5:00 P.M (In Winter Till 4:00 P.M)
Friday : 10:00 A.M - 3:00 P.M
© 2022 Office of the Auditor General . All Rights Reserved.
Last Updated at: 14/05/2022