महालेखापरीक्षकको कार्यालय

"नेपालको सर्वोच्च लेखापरीक्षण संस्था"

कोशी प्रदेश सरकारसँगको लेखापरीक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

नेपालको संविधान बमोजिम सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहको लेखापरीक्षण गर्ने अधिकार महालेखापरीक्षकलाई रहेको छ । वार्षिक लेखापरीक्षण योजना, २०८० बमोजिम आर्थिक वर्ष २०७९।८० को लेखापरीक्षण कार्य भइरहको छ । लेखापरीक्षण कार्य थप गुणस्तरीय तथा विश्वसनीय बनाउने उद्देश्यले कोशी प्रदेश सरकारसँग कार्यबाहक महालेखापरीक्षक तथा उपमहालेखापरीक्षक सहितको टोलीबाट मिति २०८० पौष १९ गते लेखापरीक्षणबेरुजू तथा सम्परीक्षण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

माननीय कार्यबाहक सभामुखज्यूसँगको भेट

प्रदेश उपसभामुख तथा कार्यबाहक सभामुख माननीय श्री सिर्जना दनुवारज्यूसँग कार्यवाहक महालेखापरीक्षक श्री महेश्वर काफ्ले, उपमहालेखापरीक्षक श्री बिन्दु विष्ट, नायव महालेखापरीक्षक श्री श्रीकुमार राई, श्री श्याम प्रसाद भण्डारी,  निर्देशक श्री धुव भुसाल, शिव प्रसाद आचार्य श्री  रमेश सुवेदी,  लगायतको टोलीले भेटघाट गर्नुभएको थियो। सो कार्यक्रममा प्रदेश सभा सचिवालयका सचिव श्री गोपाल प्रसाद पराजुलीको उपस्थिति थियो। उक्त भेटघाट कार्यक्रममा माननीय उपसभामुख समक्ष कार्यवाहक महालेखापरीक्षकबाट वार्षिक लेखापरीक्षण कार्यतालिका, लेखापरीक्षण बिधि, पद्धति  र तरिका, कोशी  ‍प्रदेश मन्त्रालय तथा कार्यालयको लेखापरीक्षण र वार्षिक प्रतिवेदन तयारीका वारेमा जानकारी गराउनु भएको थियो भने उपमहालेखापरीक्षक श्री बिन्दु विष्टले लेखापरीक्षणको विषयमा सरोकारवालासँग अन्तरक्रिया गर्ने परम्परा रहेको व्यहोरा माननीयज्यू समक्ष जानकारी गराउनु भेटघाटको मुख्य उद्देश्य रहेको जानकारी गराउनु भएको थियो ।

उपसभामुख माननीय श्री सृजना दनुवारले आर्थिक अनुशासन र वित्तीय जवाफदेहिता प्रवर्द्वनमा लेखापरीक्षणको महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै प्रदेश सरकारको वेरूजुको सम्बन्धमा कानून बमोजिम निर्धारित समयमा फर्स्यैट गर्नु पर्ने प्रदेश सभाले र सार्वजनिक लेखा समितिले वेरूजु फस्यौटमा प्रतिवद्धता व्यक्त गर्दै, सार्वजनिक खर्चको आश्वस्तता कायम गर्नेप्रकृया भन्दा नतिजामा आधारित हुने गरी  वित्तीय अनुशासन कायम गर्नु पर्ने र मानवीय संशाधनको क्षमता विकास गर्नुपर्ने विचार व्यक्त गर्नु भएको थियो ।

कोशी प्रदेश सरकारसँगको छलफल  

मुख्यमन्त्री माननीय केदार कार्की,  भौतिक पूर्वाधार विकास मन्त्रालयका माननीय मन्त्री कमल प्रसाद जगेबु, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मन्त्री माननीय शम्शेर राई  महालेखापरीक्षक कार्यालयका कार्यवाहक महालेखापरीक्षक श्री महेश्वर काफ्ले, उपमहालेखापरीक्षक श्री विन्दु विष्टकोशी प्रदेशका नि. प्रमुख सचिव श्री इश्वर कुमार गिरी नायव महालेखापरीक्षक श्री श्रीकुमार राई, श्री श्याम प्रसाद भण्डारीको उपस्थितिमा कोशी प्रदेश सरकारसँग लेखापरीक्षणबेरुजू र सम्परीक्षण सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको थियो। त्यसैगरी उक्त कार्यक्रममा प्रदेश सचिवहरुप्रदेश सरकारको केन्द्रीय निकायका प्रमुखहरु, निर्देशनालयका प्रमुखहरू तथा लेखा प्रमुखहरुको उपस्थिति रहेको थियो। सो कार्यक्रममा प्रदेशको आर्थिक अवस्थाको बारेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको निप्रमुख सचिव श्री इश्वार प्रसाद गिरीले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्नु भएको थियो ।सो कार्यक्रमले प्रदेश लेखा नियन्त्रक श्री दामोदर खत्रीले प्रदेशको आन्तरिक लेखापरीक्षणमा देखिएका विषयहरुमा प्रस्तुतिकरण गर्नु भएको थियो । आर्थिक मामिला तथा योजना मन्त्रालयको निमित्त सचिव श्री खगेन्द्र खड्काले प्रदेशको आर्थिक अवस्थाको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो । उपमहालेखापरीक्षक श्री विन्दु विष्टले महालेखापरीक्षकको साठिऔं वार्षिक प्रतिवेदन एवं कोशी  प्रदेशको पाँचौ वार्षिक प्रतिवेदनसम्म देखिएका व्यहोरा तथा सोको कार्यान्वयन अवस्था सम्बन्धमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

कार्यक्रममा प्रदेश सचिवहरु तथा लेखा प्रमुखहरुबाट महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लिखित बेरूजुको फर्स्यौट बिधि, पूर्वाधार विकास तथा खरिद व्यबस्थापन, ठेक्काको म्याद थपमुल्य समायोजन तथा भेरियसनउपभोक्ता समितिका कार्यलागयतका बेरुजुको विषयमा जिज्ञासा राख्नु भएको थियो ।

उक्त कार्यक्रममा कोशी प्रदेशका निमित्त प्रमुख सचिव श्री इश्वर कुमार गिरीले  प्रदेशको मुख्य मुख्य वेरुजुको प्रवृतिप्रदेश सचिव एवं कार्यालय प्रमुखलाई आफ्नो मन्त्रालय/कार्यालयको बेरूजु न्यूनीकरणको लागि निर्देशन दिनु भयो । साथै प्रणालीमा अपलोड भएको प्रतिकृयालाई समयमानै टुङ्गाइदिन महालेखापरीक्षकको लेखापरीक्षण टोलीलाई समेत ध्यानाकर्षण गराउनु भयो । आर्थिक कार्यबिधि सम्बन्धी ऐन नियममा अधारित भएर खर्च गर्नु पर्ने तथा लेखाउत्तरदायी अधिकृतको भुमिका अनुसार  बजेट तर्जुमा, निकासा, खर्च तथा लेखांकन र लेखापरीक्षणमा प्रचलित कानूनले तोकेको जिम्वेवारिता र जवाफदेहिता पुरा गरी आर्थिक अनुशासन कायम गर्नु पर्ने धारणा राख्नु भएको थियो ।  

कार्यक्रममा कार्यवाहक महालेखापरीक्षकले लेखापरीक्षणको विधिप्रकृयाराष्ट्रिय तथा अन्तरार्ष्ट्रिय मानदण्डअसल अभ्यासका बारेमा जानकारी गराउनु हुदै लेखापरीक्षण व्यवस्थापन र विधिमा सुधार कार्य अवलम्वन गरिएको विषयमा जोड दिनु भएको थियो। लेखापरीक्षकले लेखापरीक्षण गर्दा आर्थिक कारोबारले सहि  यथार्थ चित्रण गरेको छ,  आर्थिक कारोबारहरू गर्दा प्रचालित कानुन अनुसार खर्च भएको छ,  आफ्नो खर्चको नतिजा राम्रो भएको ,  लेखापरीक्षण सकारात्मक रुपमा शुरू गरिन्छलेखापरीक्षणको उद्देश्य अनुसार भएमा रूजु हुन्छलेखापरीक्षकले आफ्नो प्रतिवेदन मार्फत वित्तीय कारोवार र कानुनको परिपालना तथा नतिजाको विश्लेषण गर्दछ ।कार्यालयको खर्चको आधारमा विस्तृत लेखापरीक्षण र संक्षिप्त लेखापरीक्षणको योजना तयार गरी सुपरभाइजरबाट लेखापरीक्षण योजना स्वीकृतको आधारमा मात्र लेखापरीक्षणको खाका तयार गर्ने । लेखापरीक्षकले पनि आफ्नो जिम्मेवारी र जवाफदेहिता निर्वाह गर्नु पर्छ ।लेखपारीक्षकले पनि प्रतिवेदन जारी पूर्वको गुणस्तर आश्वतता र प्रतिवेदन जारी पछिको गुणस्तरको आश्वतता External Peer Review समेत रहेको जानकारी गराउदै आर्थिक अनुशासनका माध्यमबाट वित्तीय सुशासन कायम हुने भएकोले समग्र वित्तीय व्यवस्थापनका चरणहरु नीति निर्माण, चक्र बजेट तर्जुमा,  स्वीकृति,  निकासा तथा खर्च व्यवस्थापनलेखाङ्कनप्रतिवेदन तथा लेखापरीक्षण एवं पृष्ठपोषणमा संलग्न सबै पक्षको जिम्मेवारिता र जवाफदेहिता प्रवर्द्धन हुन सकेमा अपेक्षित लक्ष्य हासिल हुनुका साथै  प्रचलित ऐन नियमले तोकेको समयावधि भित्र बेरुजु फर्स्यौट गरी वित्तीय स्वच्छता कायम हुने भनी सो अनुरुप सबैपक्षले कार्य गर्नुपर्ने धारणा राख्दै लेखाउत्तरदायी अधिकृतबाट राखिएका जिज्ञासाको जवाफ दिनुभएको थियो।

माननीय मुख्यमन्त्री श्री केदार कार्कीज्यूले वित्तीय उत्तरदायित्व निर्वाह गर्ने गरी काम गर्न हरेक मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिँदै यसमा कुनै किसिमको बहानाबाजी गर्ने छुट कसैलाई पनि नहुने भन्नु भयो । वहाँले प्रदेशमा देखिएको बेरूजु आवश्यक कागजपत्रको समयमा दाखिला नगरेर भएको स्पष्ट पार्दै नाता सम्बन्धराजनीतिक नेतृत्वको दबाबमा परेर कुनै किसिमको नियमकानुन विपरीत गलत काम गर्ने छुट कसैलाई नभएको बताउनु भयो ।महालेखापरीक्षकको कार्यालय अख्तियार दुरूपयोग अनुसान्धन आयोग जस्ता नियमनकारी निकायलेसँगको अन्तरकृया तथा सहकार्य एवं समन्वयबाट आर्थिक अनुशासन र वित्तीय जवाफदेहिता प्रवर्दधनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै महालेखापरीक्षकको कार्यालयलाई धन्यवाद ज्ञापन गर्नु भयो।

प्रदेशको वित्तीय अनुशासन सुदृढ गर्न शुन्य बेरूजु हुने गरी कार्यसम्पादन गर्न माननीय मन्त्री तथा सचिवहरुलाई निर्देशन दिनु भएको थियो । सोही क्रममा वहाँले आर्थिक अनुशासनका बिभिन्न पक्षको चर्चा गर्दै खर्च प्रणाली, बेरूजु फर्स्यौट तथा सम्परीक्षणमा सार्वजनिक क्षेत्रका जिम्वेवार पदाधिकारीहरूले पारदर्शिता, स्वच्छता कायम गर्नु पर्ने, सरकार र सबैधानिक निकायबीच निरन्तर संवाद, अन्तर्क्रिया भइरहनु पर्ने, बित्तीय सुशासन कायम गर्न बिधिको पालनामा ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नु भएको थियो।   

कोशी प्रदेश सभा सार्वजनिक लेखासमितिसंग छलफल, अन्तर्क्रिया

कोशी प्रदेश सभाको सार्वजनिक लेखा समितिको सभापति माननीय किशोर चन्द्र दुलाल, सदस्यहरु माननीय रेवतीरमण भण्डारी,  माननीय दुर्गा प्रसाद चौलागाई, माननीय यसोदा कायस्थ, माननीय गिता रानी महतो, माननीय षडानन्द मण्डल माननीय प्रदिप सुनुवारप्रदेश सभा सचिवालयको सचिव श्री गोपाल प्रसाद पराजुली समेतको उपस्थितिमा कार्यवाहक महालेखापरीक्षक श्री महेश्वर काफ्लेउपमहालेखापरीक्षक श्री विन्दु विष्टनायव महालेखापरीक्षक श्री श्रीकुमार राई, श्री श्याम प्रसाद भण्डारी, निर्देशक धुर्व भुसाल शिव प्रसाद आचार्य श्री रमेश सुवेदीलेखापरीक्षण अधिकारी श्री कृष्ण दहाल लगायतको टोलीले छलफल तथा अन्तरक्रिया सम्पन गरेको थियो। उक्त कार्यक्रमा उपमहालेखापरीक्षक श्री विन्दु विष्टले लेखापरीक्षणको प्रकार, विधि, पद्धति, प्रक्रिया, प्रतिवेदन र सोको कार्यान्वयन सम्बन्धमा जानकारी गराउनु भएको थियो भने कार्यवाहक महालेखापरीक्षक श्री महेश्वर काफ्लेले महालेखापरीक्षकको कार्यालय र सार्वजनिक लेखासमितिको सम्बन्धसार्वजनिक लेखा समितिको कार्यक्षेत्र, वार्षिक प्रतिवेदन तयार गर्ने प्रकृयासार्वजनिक लेखा समितिमा हुने छलफलको विधि तथा महालेखापरीक्षकको कार्यालयको उपस्थितिसार्वजनिक लेखा समितिबाट हुने निर्णयबाट समग्र वित्तीय सुशासनमा पुग्ने सहयोगका सम्बन्धमा प्रकाश पार्नु भएको थियो।

उक्त कार्यक्रममा माननीय सभापति तथा माननीय सदस्यबाट वित्तीय अनुशासन कायम गर्न महालेखापरीक्षकको प्रतिवेदन फलदायी भएको बिचार राख्दै वेरूजु न्यूनीकरण गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्नुपर्ने विषयमा एवं वार्षिक प्रतिवेदनमा उल्लिखित बेरुजू, असुल फस्यौट गर्ने कार्यविधिसैद्वान्तिक र असुल गर्नु पर्ने बेरूजु लगायतका विषयमा जिज्ञासा राख्नु भएको थियो भने कार्यबाहक महालेखापरीक्षकले सो बिषयमा प्रष्ट पार्नु भएको थियो।

माननीय प्रदेश प्रमुखज्यूसँग भेट

कोशी प्रदेश प्रमुख माननीय परशुराम खापुङ्गज्यूसँग उपमहालेखापरीक्षक श्री बिन्दु विष्ट, नायव महालेखापरीक्षक श्री श्रीकुमार राई, श्री श्याम प्रसाद भण्डारी,  निर्देशक श्री ध्रुव भुसार, लेखापरीक्षण अधिकारी श्री जयानन्द पाण्डे  लगायतको टोलीले भेटघाट गर्नुभएको थियो। उक्त भेटघाट कार्यक्रममा माननीय प्रदेश प्रमुखसमक्ष उपमहालेखापरीक्षकज्यूले वार्षिक लेखापरीक्षण कार्यतालिका, लेखापरीक्षण बिधि पद्धति, तरिका, कोशी  ‍प्रदेश मन्त्रालय तथा कार्यालयहरुको लेखापरीक्षण र वार्षिक प्रतिवेदन तयारीका वारेमा जानकारी गराउनु भएको थियो। नायव महालेखापरीक्षक श्री श्रीकुमार राई लेखापरीक्षकले लेखापरीक्षणको विषयमा सम्बन्धित सरोकारवालासँगको अन्तरक्रिया गर्ने परम्परा अनुसार माननीय समक्ष जानकारी गराउनु भेटघाटको मुख्य उद्देश्य रहेको जानकारी गराउनु भएको थियो । सो अवसरमा माननीय प्रदेश प्रमुखबाट रचनात्मक सुझाव सहित वित्तीय अनुशासन थप प्रभावकारी बनाउन महालेखापरीक्षकबाट पेश भएका प्रतिवेदनबाट टेवा पुगेको धारणा व्यक्त गर्नु भएको थियो ।

 

  • साइट भ्रमण

कार्यालय समय

बिहान १०:०० बजे देखि - अपरान्ह ५:०० बजे सम्म (कार्तिक १६-माघ १५ सम्म अपरान्ह ४ :०० बजे सम्म)

शुक्रबार : बिहान १०:०० बजे देखि अपरान्ह ३:०० बजे सम्म