महालेखापरीक्षकको कार्यालय

"नेपालको सर्वोच्च लेखापरीक्षण संस्था"

लेखापरीक्षकहरूलाइ बिधिबिज्ञान लेखापरीक्षणसंग सम्बन्धीत तालीम कार्यक्रम

आज मिति २०८० मंसिर ११ गते सोमवार कार्यवाहक महालेखापरीक्षक श्री महेश्वर काफ्लेज्यूले विधि विज्ञान लेखापरीक्षण (Forensic Audit)  सम्बन्धी तालिम कार्यक्रमको उद्घघाटन गर्नु भयो।  तालीम कार्यक्रम अन्तराष्ट्रिय मुद्राकोष (आईएमएफ) को प्राविधिक सहयोगमा सञ्चालित महालेखा परीक्षकको कार्यालयको संस्थागत सुधार कार्यक्रम अन्तर्गत लेखापरीक्षकहरूमा अनुसन्धान तथा जालसाँजी पत्ता लगाउन सक्ने क्षमता विकास र सो लेखापरीक्षण सम्बन्धी निर्देशिका तयार गर्ने कार्यसँग सम्वन्धित रहेको छ।  तालिम कार्यक्रम २०८०।८।११ देखी १५ गतेसम्म ५ दिन सञ्चालन हुनेछ। विश्वको सर्वोच्च लेखापरीक्षण सँस्थाको अन्तर्राष्ट्रिय सँगठनको सन् २०२२ मा ब्राजिला भएको २४ ‍औं महाधिवेशनका समयमा आईएमएफसँग भएको द्विपक्षीय वार्ताको उपलब्धी अन्तर्गत सँस्थागत सुधारमा प्राविधिक सहयोग स्वरूप प्रथम चरणको कार्यक्रमको रुपमा यो तालिम कार्यक्रम सञ्चालन गरिएको हो । उक्त तालिममा प्रशिक्षकको रूपमा आईएमएफ मुख्यालयबाट आउनु भएका प्रशिक्षकबाट प्रशिक्षण दिने कार्य भईरहेको छ ।

तालिम उद्घघाटन कार्यक्रममा कार्यवाहक महालेखापरीक्षक श्री महेश्वर काफ्लेज्यूले प्रशिक्षकको रुपमा अन्तर्राष्ट्रिय मुद्राकोबाट आउनु भएका Ms. Alice Flora, Mr. Wyane McElrath, Mr. Kevin Hughes सहितको टिमलाई स्वागत गर्दै यस प्रकारको कार्यक्रमबाट नेपालको सर्वोच्च लेखापरीक्षण सँस्था र अन्तर्राष्ट्रिय मुद्राकोषको सम्बन्ध अझ प्रगाढ हुदै जाने अपेक्षा सहित टोलीको नेपालको वसाई सुखद रहोस भन्ने कामना गर्नु भएको थियो । वहाँले तालीम कार्यक्रमको महत्वमाथी प्रकाश पार्दै कार्यालयबाट विभिन्न तहको ३५ जना सहभागीहरुलाई मनोनयन भएको र प्रशिक्षार्थीले आफुले सिकेको विषयहरुको ज्ञान सिप र अनुभवको सञ्चार कार्यालयको अन्य कर्मचारी तथा लेखापरीक्षणमा दर्साई राज्यमा आर्थिक अनुशासन र वित्तीय जवाफदेहिता र पारदर्शिता प्रवर्धन हुने धारणा राख्दै वित्तीय विवरण तथा आर्थिक कारोबारमा हुनसक्ने जालसाँजी एंव कारोवारको स्वच्छता सम्बन्धमा तथ्यहरु संकलन गर्ने¸ विश्लेषण गर्ने, त्यसको आधिकारिकता प्रमाणित गर्ने लगायतका कार्यमा लेखापरीक्षकको भूमिका महत्वपूर्ण हुने भएकोले उक्त तालिम कार्यक्रम लेखापरीक्षकको क्षमता विकासमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय मुद्राकोषबाट मुख्य प्रशिक्षकको रुपमा सहभागी हुनु भएका Financial Sector Expert, Ms. Alice Flore ले कार्यक्रमको विषय वस्तुमाथि प्रकाश पार्दै तालिमको पाठ्यक्रम निर्धारण¸ तालिम विधी र र यसबाट प्राप्त हुने अपेक्षीत नतिजाका सम्बन्धमा विज्ञहरुको समूहबाट राय सुझाव लिइएकोले तालिम कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गर्नु भएको थियो ।बहांले कार्यक्रमको उद्देश्य र बिधिका वारेमा जानकारी गराउदै तालीम कार्यक्रम पश्चात OAGN Role on fight against the Fraud and Corruption through Forensic Audit बढोत्तरी हुने धारणा व्यक्त गर्नु भएको थियो ।

उक्त तालीम उदघाटन कार्यक्रममा उपमहालेखापरीक्षक श्री बामदेव शर्मा अधिकारी, निर्देशक श्री रमेश सुवेदी लगायतको  उपस्थिति रहेको थियो । 





  • साइट भ्रमण

कार्यालय समय

बिहान १०:०० बजे देखि - अपरान्ह ५:०० बजे सम्म (कार्तिक १६-माघ १५ सम्म अपरान्ह ४ :०० बजे सम्म)

शुक्रबार : बिहान १०:०० बजे देखि अपरान्ह ३:०० बजे सम्म