महालेखापरीक्षकको कार्यालय

"नेपालको सर्वोच्च लेखापरीक्षण संस्था"

नेपाल सरकारका लेखाउत्तरदायी अधिकृतहरुसँग अन्तरक्रिया

२०८० साल श्रावण २८ गते कार्यवाहक महालेखापरीक्षक श्री महेश्वर काफ्लेज्यूको अध्यक्षतामा नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, सङ्घीय संसदका महासचिव डा. भरतराज गौतम, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार श्री लाल बहादुर कुँवर, नेपाल सरकारका सचिवहरु, महालेखा नियन्त्रक, सुरक्षा निकायका प्रमुखहरु एवं नेपाल सरकारका सबै लेखाउत्तरदायी अधिकृतहरूको उपस्थितिमा महालेखापरीक्षकको कार्यालयमा आर्थिक वर्ष २०७९।८० को लेखापरीक्षण नीति, योजना र कार्यतालिका सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।


कार्यक्रममा लेखाउत्तरदायी अधिकृत एवं सचिवज्यूहरुबाट बेरुजुको लगत तथा र सम्परीक्षण, स्थानीय तहको बेरुजु फर्स्यौटको संयन्त्र निर्माण, वित्तीय तथा नियमितताको लेखापरीक्षणका अतिरिक्त कार्यमूलक लेखापरीक्षणबाट अपेक्षित नतिजा प्राप्त गर्ने, स्थानीय तहमा उपलब्ध स्रोत साधन उपयोग तथा जनशक्ति व्यवस्थापन, लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनमा औल्याइएका व्यहोराका सम्बन्धमा कार्यालयले दिएको प्रतिक्रिया उपर आवश्यक कारवाही गर्नुपर्ने लगायतको सुझाव प्राप्त भएको थियो । नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालज्यूले यो वर्ष आर्थिक अनुशासनको वर्षको रूपमा मनाउने निर्णय भएकोले विगतको बेरुजुलाई नियमित गरी नयाँ बेरुजु नथप्ने अवस्थाको सिर्जना गर्न र लेखापरीक्षणमा आउने टोलीहरूलाई लेखाउत्तरदायी अधिकृतले सहजिकरण गरी सुशासन अभिवृद्धि गर्न जोड दिनु भएको थियो। 


उक्त कार्यक्रममा कार्यवाहक महालेखापरीक्षक श्री महेश्वर काफ्लेले जोखिममा आधारित लेखापरीक्षण अनुसार नमूना छनौट (Random sampling) मा आधारित स्वीकृत लेखापरीक्षण योजना बमोजिम प्रचलित ऐन नियम कानून अनुसार लेखापरीक्षण हुने, लेखापरीक्षणमा मुख्यतः नियमको पालना, प्रक्रिया अवलम्बन तथा नतिजा प्राप्ती (Rule, Process, Result)  मा केन्द्रित रहने भएकोले सार्वजनिक स्रोत साधनको प्राप्ती तथा उपयोग सम्बन्धमा ध्यान दिनुपर्ने कुरामा जोड दिदै लेखापरीक्षणलाई वित्तीय अनुशासन एवं जिम्मेवारी र जवाफदेहिता प्रवर्द्धन गर्ने एक औजारको रूपमा लिन आग्रह गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो।



  • साइट भ्रमण

कार्यालय समय

बिहान १०:०० बजे देखि - अपरान्ह ५:०० बजे सम्म (कार्तिक १६-माघ १५ सम्म अपरान्ह ४ :०० बजे सम्म)

शुक्रबार : बिहान १०:०० बजे देखि अपरान्ह ३:०० बजे सम्म