३० आश्विन, २०७९
माननीय महालेखापरीक्षक श्री टंकमणि, शर्मा
दंगालज्यूको समुपस्थितिमा महालेखापरीक्षकको कार्यालयले नेपाल सरकारका लेखा
उत्तरदायी अधिकृतहरुसँग आर्थिक वर्ष २०७८।७९ को अन्तिम लेखापरीक्षणको नीति, योजना
तथा कार्यक्रमका सम्वन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम महालेखापरीक्षकको
कार्यालय अनामनगरमा सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा नेपाल सरकारका
मुख्य सचिव, विभिन्न मन्त्रालय तथा आयोगका सचिवहरु सहित महालेखापरीक्षकको
कार्यालयका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै माननीय महालेखापरीक्षकज्यूले महालेखापरीक्षकको यो वर्षको वार्षिक लेखापरीक्षण नीति, योजना तथा कार्यतालिका र लेखापरीक्षण अवस्थाका विषयमा जानकारी प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा माननीय महालेखापरीक्षकज्यूले आफूले वार्षिक लेखापरीक्षण योजना देखि प्रतिवेदनसम्मका महत्वपूर्ण चरणहरुमा सम्वन्धित सरोकारवालाको सहभागितालाई सदैव उच्च महत्व प्रदान गर्दै आएको बताउनु हुँदै अघिल्लो वर्षमा बेरुजु फर्स्यौट अपेक्षित रुपमा हुन नसकेको तर्फ लेखा उत्तरदायी अधिकृतहरुको ध्यानाकर्षण गराउनु भएको थियो । यो वर्षमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को व्यवस्था र सार्वजनिक लेखासमितिको मिति २०७९।०३।१७ को पत्र अनुसार संघीय कार्यालयहरुको सम्परीक्षण कार्य नगरिएको उल्लेख गर्नु भयो । महालेखापरीक्षकको वार्षिक प्रतिवेदनहरुमा दुई तिहाई भन्दा वढी हिस्सा अनियमित वेरुजुको रहने गरेको तथ्य प्रस्तुत गर्नु हुँदै उक्त वेरुजुमा कमी ल्याउन लेखापरीक्षणको लागि आर्थिक कारोवारको स्रेस्ता तथा प्रमाण कागजातहरु पेश गर्ने, लेखापरीक्षणबाट देखिएका व्यहोराको छलफलमा जिम्मेवार व्यक्ति अनिवार्य उपस्थित हुने व्यवस्थाको लागि आग्रह गर्नु भएको थियो । प्रत्येक वर्ष मुलुकमा वेरुजु थपिंदै जाँदा यसको कुल अंक उच्च रहेको तथ्यांक प्रस्तुत गर्नुहँदै यो वर्ष वेरुजु फर्स्यौटबाट भन्दा वेरुजु नआउने तर्फ सम्वद्ध पदाधिकारीहरु क्रियाशील भई समग्रमा वेरुजु घट्ने गरी कार्य गर्न जोड दिनु भयो । कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव श्री शंकरदास वैरागीज्यूले गत वर्षमा वेरुजु फर्स्यौटको लक्ष्य अनुसार प्रगति हासिल हुन नसकेको स्वीकार गर्दै वढ्दो वेरुजुले घट्दो उत्तरदायित्व तथा जिम्मेवारीको स्थिति दर्शाएको बताउनु भएको थियो । आन्तरिक लेखापरीक्षणलाई प्रभावकारी बनाउनका लागि यस सम्वन्धी जनशक्ति विशिष्टिकरणमा जोड दिएकोमा सो अनुसार प्रभावकारी भए नभएको सम्वन्धमा अध्ययन हुनु पर्ने उल्लेख गर्नु भयो । सो कार्यक्रममा उहाँले कानून कार्यान्वयनको पाटो कमजोर हुँदा जवाफदेहिता समेत घट्दै गएको वताउनुहुँदै त्यसो हुन नदिन सम्वद्ध पदाधिकारीहरुले तोकिएको जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको थियो । कार्यक्रममा लेखाउत्तरदायी अधिकृतहरुले बेरुजु फर्स्यौटका लागि जिम्मेवार पदाधिकारीहरुमा आफ्नो कार्यकालको वेरुजुप्रति संवेदनशील हुने तर अन्यको हकमा आवश्यक तदारुकता नदेखाउने प्रवृत्तिले रहेको एवं कतिपय नीतिगत अष्पष्टता र कानूनी जटिलताले पनि वेरुजु बढाएको बताउनु भएको थियो । छोटो समयमा केन्द्रीयस्तरको संगठन संरचनामा हुने फेरवदलले समेत बेरुजु फर्स्यौट गराउन कठिन भएको धारणा राख्नु भएको थियो । लेखा उत्तरदायी अधिकृतहरुले यो वर्षको महालेखापरीक्षकको लेखापरीक्षण योजना तथा कार्यक्रम कार्यान्वयनमा सघाउ पुर्याउन सम्वद्ध निकायहरुको कानून बमाोजिम तोकिएको भूमिकामा कमी आउन नदिईने प्रतिवद्धता जनाउनु भएको थियो । कार्यक्रममा नायव महालेखापरीक्षक श्री चन्द्रकान्त भण्डारीज्यूले लेखापरीक्षण सम्वन्धी संवैधानिक एवं कानूनी व्यवस्था, यो वर्ष लेखापरीक्षण गर्ने निकायहरुको जोखिममा आधारित वर्गिकरण, वेरुजु फर्स्यौट स्थिति र लेखापरीक्षणका लागि महालेखापरीक्षकको कार्यालयले लेखा उत्तरदायी अधिकृतज्यूहरुबाट राखेको अपेक्षा समेटिएको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
23/03/2024
15/03/2024
05/03/2024
23/02/2024
09/02/2024
25/01/2024
04/01/2024
29/12/2023
29/12/2023
01/12/2023
23/03/2024
15/03/2024
05/03/2024
23/02/2024
09/02/2024
Office Hours
Sunday - Thursday : 10:00 A.M - 5:00 P.M (In Winter Till 4:00 P.M)
Friday : 10:00 A.M - 3:00 P.M
© 2024 Office of the Auditor General . All Rights Reserved.
Last Updated at: 26/03/2024