१५ कार्तिक, २०७९
माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा, दंगालसमक्ष महालेखा नियन्त्रक श्री हरिप्रसाद मैनालीले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २९(१) बमोजिम आर्थिक वर्ष २०७८।७९ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण महालेखापरीक्षकको कार्यालय, अनामनगरमा आयोजित एक कार्यक्रमवीच पेश गर्नु भएको छ ।
कार्यक्रममा माननीय महालेखापरीक्षकज्यूले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ ले व्यवस्था गरे अनुसार आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी नदेखिएको, सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली कार्यान्वयनमा आएपनि सार्वजनिक सम्पत्तिको पूर्णरुपमा प्रविष्टि हुन नसक्दा त्यसको समग्र मूल्य न्यून देखिएको धारणा राख्नु भएको थियो । माननीय महालेखापरीक्षकज्यूले आन्तरिक लेखापरीक्षण प्रतिवेदनमा समावेश भएका व्यहोरा अन्तिम लेखापरीक्षण हुनु अगावै फर्स्यौट तथा सम्परीक्षण गराउन महालेखा नियन्त्रक कार्यालयको भूमिका महत्वपूर्ण हुने बताउनु भएको थियो । साथै उहाँले सार्वजनिक वित्त व्यवस्थापनमा संलग्न निकायहरुले सञ्चालनमा ल्याएका विद्युतीय प्रणालीहरुको एक आपसमा आवद्धता एवं तिनीहरुको निरन्तर स्तरोन्नति, निकायहरुवीच उच्चस्तरको समन्वय र कानूनको परिपालना तथा अनुगमन निरीक्षण प्रणालीमा कार्यालयले अझ बढी ध्यान दिनु पर्ने आवश्यकता माथि जोड दिनु भएको थियो । कार्यक्रममा माननीय महालेखापरीक्षकज्यूले महालेखा नियन्त्रकको कार्यालयले तोकिएको अवधि भित्र वित्तीय विवरण तयार गरी पेश गर्न सफल भएकोमा सवैमा धन्यवाद व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा महालेखा नियन्त्रक श्री मैनालीले आर्थिक वर्ष २०७८।७९ को संघीय सञ्चित कोषको अतिरिक्त वैदेशिक अनुदान र ऋण सहायता तथा लगानीको लेखा र विनियोजन, राजश्व, धरौटी तथा अन्य कोषहरु सहितको केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण प्रतिवेदन भाग १ देखि १० सम्म पेश गरिएको र यसका लागि माननीय महालेखापरीक्षकज्यूबाट प्राप्त मार्गनिर्देशन प्रति आभार प्रकट गर्नुभएको थियो । उक्त कार्यक्रममा महालेखापरीक्षकको कार्यालयका उप महालेखापरीक्षक, नायव महालेखापरीक्षक सहित सम्वद्ध कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
१८/९/२०७९
७/९/२०७९
२२/८/२०७९
१८/९/२०७९
२९/३/२०७९
१८/३/२०७९
कार्यालय समय
बिहान १०:०० बजे देखि - अपरान्ह ५:०० बजे सम्म (कार्तिक १६-माघ १५ सम्म अपरान्ह ४ :०० बजे सम्म)
शुक्रबार : बिहान १०:०० बजे देखि अपरान्ह ३:०० बजे सम्म
© 2023 महालेखापरीक्षकको कार्यालय . All Rights Reserved.
अन्तिम पटक अपडेट गरिएको: १७/१२/२०७९