जो जससंग सम्बन्धित छ: प्रस्तुत स्थानीय तहका लेखापरीक्षण प्रतिवेदनहरु महालेखापरीक्षकको अन्तिम प्रतिवेदन जारी गरेको मितिमा कायम रहेका व्यहोराहरु भएको जानकारी गराइन्छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ३८ को उपदफा १ अनुसार कार्यालयस्तरमा तथा उपदफा २ अनुसार केन्द्रीय स्तरमा बेरुजू लगत राख्नुपर्ने, उपदफा ३ अनुसार आन्तरिक र अन्तिम लेखापरीक्षणको लगत छुट्टाछुट्टै राख्नुपर्ने, सोही दफाको उपदफा ४ अनुसार बेरुजु फछ्यौट र फरफारक गरी लगत अद्यावधिक गर्ने दायित्व सम्बन्धित निकायको भएकोले अद्यावधिक बेरुजू लगत सम्बन्धित निकायमा रहने व्यहोरा अनुरोध गरिन्छ।
Office Hours
Sunday - Thursday : 10:00 A.M - 5:00 P.M (In Winter Till 4:00 P.M)